जान्न मन छ!
म जानु या नजानु या केहि जानेर पनि नजानेकै जस्तै गरि तिमीलाई सोधु, तिम्रा कहानी र अनुभव ? मलाई तिम्रो शैली र जिवनी तिम्रै नौलो पारामा जानेर पनि प्रत्यक पल्ट जान्न मन लाग्छ फेरि पनि । तिमीले हिडेका पाइला तिमीले जिएको जीवन सार्है भिन्न छन् लाग्छ । मलाई तिम्रो जीवन नजिउन तिम्रो जीवन जान्न मन लाग्छ ! किनकी मलाई तिम्रो इतिहास, तिम्रो भोगाइ र तिम्रो साहसले डराउँछ। र त हरेक पटक आफैंलाई सान्त्वना दिदै भन्छु मलाई तिम्रो जीवन जान्नूू छ किनकी मलाई त्यस्तो कहालीलाग्दो जीवन जिउनु छैन । मलाई तिमी जस्तो साहसी र धैर्यवान कतै बन्नु छैन किनकी जुन अनुभव तिमिले सुनाउँँदा यसरी मेरा शरीर झसङ्ग हुन्छन् मनभित्रबाट आगाका ज्वला उठ्छन् र ती क्रोधित आँँखामा भरिएका आसु लुकाउन म बाध्य हुन्छु र त भन्छु, मलाई तिम्रो जीवन नजिउन, तिम्रो जीवन जान्नु छ।