म भाग्दै छु
केही त अवश्य छ यो कोलाहल भित्रका शान्तमा केही त पक्कै छ त्यो सपना पारीको छाहरिमा म भाग्दै छु कहिले कोलाहलबाट निस्किन त कहिले मौनतालाइ चिर्न त्यही कोलाहलबाट मौनता तोड्न या मौनता भित्र रहेका रहस्य खोज्न म भाग्दै छु केही आफ्ना कुरा अरुलाइ बुझाउन वा आफु भित्रका कुरा आफैंसंग सुल्झाउन केही गाैण उत्तर खोज्न वा अर्थ विस्तृत प्रश्ननै बुझ्न म भाग्दै छु अरुबाट आफुलाइ बुझ्न वा आफू बाट निस्केर टाढा पुग्न केही त अवश्य छ यो मौनता भित्रको चञ्चलता भनु या छरपस्ट रहेका कम्जोरीहरुमा म भाग्दै छु जिम्मेवारीबाट स्वन्त्रको खोजीमा वा कहलित स्वतन्त्रदेखि अझ जिम्मेवार बन्ने कोशिसमा खै किन यती घुमाइरहेछु यो मन पत्तै नदिकन त्यस् मानसपटलसंग सायद, भाग्दै छु म बुझेर या बुझ्न नचाहिकन मन र मानसपटलको द्वन्द होकि समन्वयमा म भूतदेखि त्रशित छु ? या छु भबिस्य बनाउने कोशिसमा ? बस्, यति बुझ्नुस कि म भाग्दै छु यस वर्तमनमा । अरुलाइ आँफू बुझाउने कोशिसमा या आफैंभित्रका कुरा सुल्झाउने क्रममा !