म भाग्दै छु

केही त अवश्य छ यो कोलाहल भित्रका शान्तमा
केही त पक्कै छ त्यो सपना पारीको छाहरिमा

म भाग्दै छु

कहिले कोलाहलबाट निस्किन त
कहिले मौनतालाइ चिर्न
त्यही कोलाहलबाट मौनता तोड्न या
मौनता भित्र रहेका रहस्य खोज्न

म भाग्दै छु

केही आफ्ना कुरा अरुलाइ बुझाउन वा
आफु भित्रका कुरा आफैंसंग सुल्झाउन

केही गाैण उत्तर खोज्न वा
अर्थ विस्तृत प्रश्ननै बुझ्न

म भाग्दै छु

अरुबाट आफुलाइ बुझ्न वा
आफू बाट निस्केर टाढा पुग्न

केही त अवश्य छ यो मौनता भित्रको चञ्चलता भनु या
छरपस्ट रहेका कम्जोरीहरुमा

म भाग्दै छु

जिम्मेवारीबाट स्वन्त्रको खोजीमा वा
कहलित स्वतन्त्रदेखि अझ जिम्मेवार बन्ने कोशिसमा

खै किन यती घुमाइरहेछु यो मन
पत्तै नदिकन त्यस् मानसपटलसंग

सायद, भाग्दै छु  म
बुझेर या बुझ्न नचाहिकन
मन र मानसपटलको द्वन्द होकि समन्वयमा

म भूतदेखि त्रशित छु ?
या छु भबिस्य बनाउने कोशिसमा ?

बस्, यति बुझ्नुस कि म भाग्दै छु
यस वर्तमनमा ।

अरुलाइ आँफू बुझाउने कोशिसमा या
आफैंभित्रका कुरा सुल्झाउने  क्रममा !




Comments

Popular posts from this blog

सुनन् यस्तो बानी किन लगाइन्छ?

सदा सर्वदा

From my journal