सदा सर्वदा
धेरै पछि आज फेरि तिमीलाई कोर्न मन लग्यो,
थाहा छ छुट्टीएका कयौं बर्ष भएछन् भनी तर पनि गन्न मनलाग्यो।
साथ किन छुट्टीन्छन् ?
याद किन आइरहन्छन ?
सम्झना किन मेटिदैनन् ?
अनि बिर्सन चाहिँ किन यस्तो असम्भव
जब कि बिर्सनु थियो
सबै अतीत , याद , सम्झना अनि त्यो साथ पनि ।
तर , किन ?
प्रश्नै प्रश्न लिएर हिंडेकाे कैयन भएछ ।
जे हुनु थियो त्यो भएन र जे नहुनू भनेर भनेका थियौँ त्यी भइरहेछ ।
कुराहरु त सबै सरल थिए, जटिल हामीले बनाएर पो होकि ?
अलिक बढाएर पो होकि ?
सायद पाएका भन्दा गुमाएकामा धेरै समय खर्चिने भएर पो होकि ?
अनि अहिले यो प्रश्न नै किन ?
यी सब, जे भयो
ती पल, कति सुन्दर , न्यानो थियो ।
अहिले पनि मुस्कान किन हो आफै आउछन् , सम्झदा।
यहि त चाहिएको थियो ।
बस् यहि त चाहिएको थियो जुन पाएको छु
अहिले पनि।
छैनन् केही कटुर भाव तिमीप्रती , मेरा ।
छन् त केवल स्नेह , आदर र धेरै माया सदा सर्वदा

Comments