Posts

सुनन् यस्तो बानी किन लगाइन्छ?

सुनन् धेरै कुरा हुँदा हुँदै पनि नभनेको कतिभयो ? अनि केही नभनेर बानी लगाएको कति भयो ? सुनन् कोमललाई कठोर बनाएरनै किन टुक्याइन्छ? यस्तो बानी किन लगाइन्छ? न पहिलेको रहिन्छ न त पुर्ण आकृति लिन सकिन्छ । सुनन् यो धमिलो छायां कहिले सम्म रहिरहन्छ? पखाल्न बगाउँन जत्ती खोजी गरे पनि, मेटिन्न कसैगरे पनि। सुनन् यस्तो बानी किन लगाइन्छ? कोमललाई कठोर बनाएरनै किन टुक्याइन्छ ?

सदा सर्वदा

धेरै पछि आज फेरि तिमीलाई कोर्न मन लग्यो, थाहा छ छुट्टीएका कयौं बर्ष भएछन् भनी तर पनि गन्न मनलाग्यो। साथ किन छुट्टीन्छन् ? याद किन आइरहन्छन ? सम्झना किन मेटिदैनन् ? अनि बिर्सन चाहिँ किन यस्तो असम्भव जब कि बिर्सनु थियो सबै अतीत , याद , सम्झना अनि त्यो साथ पनि । तर , किन ? प्रश्नै प्रश्न  लिएर हिंडेकाे कैयन भएछ । जे हुनु थियो त्यो भएन र जे नहुनू भनेर भनेका थियौँ त्यी भइरहेछ । कुराहरु त सबै सरल थिए, जटिल हामीले बनाएर पो होकि ? अलिक बढाएर पो होकि ? सायद पाएका भन्दा गुमाएकामा धेरै समय खर्चिने भएर पो होकि ? अनि अहिले यो प्रश्न नै किन ? यी सब, जे भयो ती पल,  कति सुन्दर  , न्यानो थियो । अहिले पनि मुस्कान किन हो आफै आउछन्  , सम्झदा। यहि त चाहिएको थियो । बस् यहि त चाहिएको थियो जुन पाएको छु अहिले पनि। छैनन्  केही कटुर भाव तिमीप्रती , मेरा । छन्  त केवल स्नेह , आदर र धेरै माया सदा सर्वदा

From my journal

Image
Can u see the heart here?!  Its okay to have surge of feelings upon someone, its hormonal things. So, donot control or even try to, cause you know?! when the things can't get out it plugged up and as a result we get pimples. similarly whenever the emotions don't vent out or gets bottle up inside us...we do suffer more than necessary and this beautiful life gets fucked up. So, let's express upto the extent which doesn't harm other or doesn't let other feel like uncomfortable or attacked. And if it does, don't forget to clear it up. Make efforts and express everway possible in simpler manner.  Just don't keep that guilt of not being good enough things or all beacause of 'me', cause this things has already killed many of the dreams and cost you your mental health. Donot let that control you again. let's embrace ourselves, our uniqueness,our existence . you deserve all the peace ; that of mind and of heart.  Thankyou for everything ❤️

Mandala

Image
  Mandalas are never perfect,there always remains some irregularities,some odds and mistakes but we never let those insecurities affect our focus,we keep going and at the end all those hard work pays off. Mandalas present itself so beautifully its minor odds get faded away. we admire the hard work and its eye-catching view.  So,is the life. We gotta experience some ups and down in a journey called life. Don't get panic by minor mistakes learn through that. we need to pass through some hardship in our life to enjoy the beautiful view later on,have patience! At the end we will be proud of self for having all those insecurities,ups and down. looking  back from that phase of life to all our experiences,we gonna count them as  blessings. 

म भाग्दै छु

केही त अवश्य छ यो कोलाहल भित्रका शान्तमा केही त पक्कै छ त्यो सपना पारीको छाहरिमा म भाग्दै छु कहिले कोलाहलबाट निस्किन त कहिले मौनतालाइ चिर्न त्यही कोलाहलबाट मौनता तोड्न या मौनता भित्र रहेका रहस्य खोज्न म भाग्दै छु केही आफ्ना कुरा अरुलाइ बुझाउन वा आफु भित्रका कुरा आफैंसंग सुल्झाउन केही गाैण उत्तर खोज्न वा अर्थ विस्तृत प्रश्ननै बुझ्न म भाग्दै छु अरुबाट आफुलाइ बुझ्न वा आफू बाट निस्केर टाढा पुग्न केही त अवश्य छ यो मौनता भित्रको चञ्चलता भनु या छरपस्ट रहेका कम्जोरीहरुमा म भाग्दै छु जिम्मेवारीबाट स्वन्त्रको खोजीमा वा कहलित स्वतन्त्रदेखि अझ जिम्मेवार बन्ने कोशिसमा खै किन यती घुमाइरहेछु यो मन पत्तै नदिकन त्यस् मानसपटलसंग सायद, भाग्दै छु  म बुझेर या बुझ्न नचाहिकन मन र मानसपटलको द्वन्द होकि समन्वयमा म भूतदेखि त्रशित छु ? या छु भबिस्य बनाउने कोशिसमा ? बस्, यति बुझ्नुस कि म भाग्दै छु यस वर्तमनमा । अरुलाइ आँफू बुझाउने कोशिसमा या आफैंभित्रका कुरा सुल्झाउने  क्रममा !

जान्न मन छ!

Image
म जानु या नजानु या केहि जानेर पनि नजानेकै जस्तै गरि तिमीलाई सोधु, तिम्रा कहानी र अनुभव ? मलाई तिम्रो शैली र जिवनी तिम्रै नौलो पारामा जानेर पनि प्रत्यक पल्ट जान्न मन लाग्छ फेरि पनि । तिमीले हिडेका पाइला तिमीले जिएको जीवन सार्है भिन्न छन्  लाग्छ । मलाई तिम्रो जीवन नजिउन तिम्रो जीवन जान्न मन लाग्छ ! किनकी मलाई तिम्रो इतिहास, तिम्रो भोगाइ र तिम्रो साहसले डराउँछ। र त हरेक पटक आफैंलाई सान्त्वना दिदै भन्छु मलाई तिम्रो जीवन जान्नूू छ किनकी मलाई त्यस्तो कहालीलाग्दो जीवन जिउनु छैन । मलाई तिमी जस्तो साहसी र धैर्यवान कतै बन्नु छैन किनकी जुन अनुभव तिमिले सुनाउँँदा यसरी मेरा शरीर झसङ्ग हुन्छन् मनभित्रबाट आगाका ज्वला उठ्छन् र ती क्रोधित आँँखामा भरिएका आसु लुकाउन म बाध्य हुन्छु र त भन्छु, मलाई तिम्रो जीवन नजिउन, तिम्रो जीवन जान्नु छ।

मन!

Image
यो मन खुल्ला पाना जस्तै न हो जता हावा चल्छ,बस् त्यतै पल्टिदिन्छ । अलिकता भबिस्यतिर ध्यानदिन खोज्यो बस्  रम्झमतिरै तानिदिन्छ । फेरि फर्कायो,त्यो कुरा भो नगरु भन्यो मननै त हो,हावा संगै हल्का भइ उडु भन्छ,  चङ्गा भइ रमु भन्छ । के थाहा त्यो चङ्गाभइ उड्न खोज्ने मनलाई  कति कुरामा ध्यान दिनुपर्छ, उडेर मात्र कहाँ  हुन्छ? काटिदिने को पनि त ख्याल गर्नुपर्छ । मननै न हो! सारा कुरा छाेडि उडु भन्छ केही सोचु भन्यो, तर उडु भन्छ । मननै न हो दिमाग जस्तो कहाँ सोच्न सक्छ ? मन र दिमागको मेल खै कसरी पो हुन्छ? मन को मान्यो दिमागले धोका दिन्छ अनि  दिमाग को मान्यो, मन ढुङ्गा भइदिन्छ ।