सदा सर्वदा

धेरै पछि आज फेरि तिमीलाई कोर्न मन लग्यो,
थाहा छ छुट्टीएका कयौं बर्ष भएछन् भनी तर पनि गन्न मनलाग्यो।

साथ किन छुट्टीन्छन् ?
याद किन आइरहन्छन ?
सम्झना किन मेटिदैनन् ?

अनि बिर्सन चाहिँ किन यस्तो असम्भव
जब कि बिर्सनु थियो
सबै अतीत , याद , सम्झना अनि त्यो साथ पनि ।

तर , किन ?

प्रश्नै प्रश्न  लिएर हिंडेकाे कैयन भएछ ।
जे हुनु थियो त्यो भएन र जे नहुनू भनेर भनेका थियौँ त्यी भइरहेछ ।
कुराहरु त सबै सरल थिए, जटिल हामीले बनाएर पो होकि ?
अलिक बढाएर पो होकि ?

सायद पाएका भन्दा गुमाएकामा धेरै समय खर्चिने भएर पो होकि ?

अनि अहिले यो प्रश्न नै किन ?
यी सब, जे भयो

ती पल,  कति सुन्दर  , न्यानो थियो ।
अहिले पनि मुस्कान किन हो आफै आउछन्  , सम्झदा।

यहि त चाहिएको थियो ।
बस् यहि त चाहिएको थियो जुन पाएको छु
अहिले पनि।
छैनन्  केही कटुर भाव तिमीप्रती , मेरा ।
छन्  त केवल स्नेह , आदर र धेरै माया सदा सर्वदा


Comments

Anonymous said…
Great♥️
Anonymous said…
supper
Anonymous said…
Good
Anonymous said…
🤗

Popular posts from this blog

सुनन् यस्तो बानी किन लगाइन्छ?

From my journal