जान्न मन छ!

म जानु या नजानु
या केहि जानेर पनि
नजानेकै जस्तै गरि तिमीलाई सोधु,
तिम्रा कहानी र अनुभव ?

मलाई तिम्रो शैली र जिवनी
तिम्रै नौलो पारामा जानेर पनि
प्रत्यक पल्ट जान्न मन लाग्छ फेरि पनि ।

तिमीले हिडेका पाइला
तिमीले जिएको जीवन
सार्है भिन्न छन्  लाग्छ ।

मलाई तिम्रो जीवन नजिउन
तिम्रो जीवन जान्न मन लाग्छ !

किनकी मलाई तिम्रो इतिहास,
तिम्रो भोगाइ र तिम्रो साहसले डराउँछ।

र त हरेक पटक आफैंलाई सान्त्वना दिदै भन्छु
मलाई तिम्रो जीवन जान्नूू छ
किनकी मलाई त्यस्तो कहालीलाग्दो
जीवन जिउनु छैन ।

मलाई तिमी जस्तो साहसी र धैर्यवान कतै बन्नु छैन
किनकी जुन अनुभव तिमिले सुनाउँँदा
यसरी मेरा शरीर झसङ्ग हुन्छन्
मनभित्रबाट आगाका ज्वला उठ्छन्
र ती क्रोधित आँँखामा भरिएका आसु लुकाउन म बाध्य हुन्छु
र त भन्छु, मलाई तिम्रो जीवन नजिउन, तिम्रो जीवन जान्नु छ।

Comments

Kriti Thapa said…
Great writing✒✒
Keep it up👍👍
Chhimann said…
Thank you fuccho 😘❤️❤️
Anonymous said…
One of the best I have ever read !!
Keep writing, Simran
Chhimann said…
Blessed 🙈🌼❤️❤️❤️
मेरो जिवनका घटनाहरु न त म बताउन सक्छु न त तिमिले सुन्ने समर्थनै गर्न सक्छौ।
(सुन्दर लेख)।।
मन छोयो����
Anonymous said…
Words are virtuous
More deep please ❣️
Complete it fully 👌

Popular posts from this blog

सुनन् यस्तो बानी किन लगाइन्छ?

सदा सर्वदा

From my journal