मन!
यो मन खुल्ला पाना जस्तै न हो
जता हावा चल्छ,बस् त्यतै पल्टिदिन्छ ।
अलिकता भबिस्यतिर ध्यानदिन खोज्यो बस्
रम्झमतिरै तानिदिन्छ ।
फेरि फर्कायो,त्यो कुरा भो नगरु भन्यो
मननै त हो,हावा संगै हल्का भइ उडु भन्छ,
चङ्गा भइ रमु भन्छ ।
के थाहा त्यो चङ्गाभइ उड्न खोज्ने मनलाई
कति कुरामा ध्यान दिनुपर्छ, उडेर मात्र कहाँ हुन्छ?
काटिदिने को पनि त ख्याल गर्नुपर्छ ।
मननै न हो! सारा कुरा छाेडि उडु भन्छ
केही सोचु भन्यो, तर उडु भन्छ ।
मननै न हो दिमाग जस्तो कहाँ सोच्न सक्छ ?
मन को मान्यो दिमागले धोका दिन्छ अनि
दिमाग को मान्यो, मन ढुङ्गा भइदिन्छ ।

Comments
वाउँ।👌👌
Dont say the picture is drawn by you😊
Your thoughts and writing is amazing👌👌
Well done. Keep it up👍👍✌