मन!

यो मन खुल्ला पाना जस्तै न हो
जता हावा चल्छ,बस् त्यतै पल्टिदिन्छ ।

अलिकता भबिस्यतिर ध्यानदिन खोज्यो बस् 
रम्झमतिरै तानिदिन्छ ।

फेरि फर्कायो,त्यो कुरा भो नगरु भन्यो
मननै त हो,हावा संगै हल्का भइ उडु भन्छ, 
चङ्गा भइ रमु भन्छ ।

के थाहा त्यो चङ्गाभइ उड्न खोज्ने मनलाई 
कति कुरामा ध्यान दिनुपर्छ, उडेर मात्र कहाँ  हुन्छ?
काटिदिने को पनि त ख्याल गर्नुपर्छ ।

मननै न हो! सारा कुरा छाेडि उडु भन्छ
केही सोचु भन्यो, तर उडु भन्छ ।

मननै न हो दिमाग जस्तो कहाँ सोच्न सक्छ ?

मन र दिमागको मेल खै कसरी पो हुन्छ?

मन को मान्यो दिमागले धोका दिन्छ अनि 
दिमाग को मान्यो, मन ढुङ्गा भइदिन्छ ।

Comments

मीठो फ्लो छ ।
वाउँ।👌👌
Dont say the picture is drawn by you😊
Chhimann said…
unfortunately yess 😌😅
Kriti Thapa said…
Wow😮
Your thoughts and writing is amazing👌👌
Well done. Keep it up👍👍✌
Chhimann said…
😌🤗❤️❤️
what crazy . beautiful

Popular posts from this blog

सुनन् यस्तो बानी किन लगाइन्छ?

सदा सर्वदा

From my journal